बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का छन् ।

बैंकिङ्ग कसुर मुद्दामा ४६ वर्षीय खड्कालाई उच्च अदालत पाटनले कसूरदार ठहर गरेको थियो । आफ्नो खातामा पुरा रकम नभएको जानी–जानी खड्काले एनआईसी एसिया बैंकको चेक लेखेर दिएका थिए ।

सो मुद्दामा उच्च अदालत पाटनले २०७८ वैशाख १४ मा जेल सजाय र जरिवाना हुने फैसला गरेको थियो । हात्तीगौडाबाट पक्राउ गरेर खड्कालाई ब्यूरोले अदालतमा उपस्थित गराएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार