मकवानपुरको मनहरीबाट ८१ किलो गाँजासहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरको मनहरीबाट ८१ किलो लागु औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीबाट प्रहरीले सो सिरमाणको गाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिमपानी क्षेत्रको सडकमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकको ढालामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८१ किलो ३ सय ५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो। पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने बर्ष ४२ को बाबुराम नेगी रहेको उहाँले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज बुधबार विहान २ः४५ बजेको समयमा उक्त ट्रकबाट सो परिमाणमा लागु औषध गाँजा फेला परेको प्रहरी नायव उपरिक्षक रिमालले बताउनुभयो । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाई छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार