महिला संघ म्याग्दीको छलफल तथा अन्तरक्रिया कार्यक्रम

बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ म्याग्दीको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ म्याग्दीको आयोजनामा शनिबार बेनीमा नेपाली कांग्रेस भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु बिच छलफल तथा अन्तक्रिया सम्पन्न भएको हो । नेपाली कांग्रेसका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले कार्यक्रमको सम्बोधन गर्नुभएको थियो । उहाँले पछिल्लो समय कोभिड–१९ रोकथाम तथा नियन्त्रण र प्राकृतिक विपत्तीको समयमा पार्टीले निभाएको भुमिका र कामहरुको बारेमा जानकारी गराउँनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संगको भेटमा विकास निर्माणमा पछाडी परेको म्याग्दीलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्न र बर्षातको समयमा बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुर्नवास व्यवस्थानलाई जोड दिन आग्रह गरिएको सभापति गर्बुजाले जानकारी गराउनुभयो । त्यस्तै आगामी १४ औं अधिवेशनलाई सफल बनाउन जिल्ला स्थित नेता तथा कार्यकर्ता लगायत सबैलाई एक हुन आग्रह गर्नुभयो ।

उहाँले अधिवेशनमा गुटउपगुट भन्दा पनि समग्र कांग्रेसको हितका लागि काम गर्ने उम्मेद्धारलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत, जिल्ला सचिव क्याप्टेन मिनहादुर कार्की ,जिल्ला महासतिमिति सदस्य चिरञ्जिवी शर्मा ,पुर्व सांसद नरबहादुर पुन,धनकुमारी थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले आगामी १४ औं अधिवेशन लक्षित कांग्रेस निकट भातृ तथा शुभेच्छुक संगठन विच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

सोही कार्यक्रममा नेपाल महिला संघ बेनी नगरपालिका वडा नम्बर ८ को वडा स्तरिय महिला समिति गठन गरिएको छ । वडा स्तरिय महिला समितिको अध्यक्षमा टेमाया छन्त्याल ,उपाध्यक्षमा मनिषा छन्त्याल ,सचिवमा मिना बिक ,सहसचिवमा घनदेबी छन्त्याल ,कोषाध्यक्षमा टेककुमारी पुन ,सदस्यहरुमा डमकुमारी छन्त्याल,शान्ति भट्टचन ,गिता शर्मा र ज्ञानु श्रेष्ठ चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार