माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

झापा । झापाको मेचीनगरमा विद्युतीय करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो मेचीनगर नगरपालिका ३ सिर्जना बस्ती बस्ने वर्ष ३१ का सरोज किसानको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सोही वडामा रहेको गंगटे खोल्सामा बिधुतको हाईटेन्सन लाइनबाट तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो। घटनासम्बन्धी प्रहरीले थप विवरण संकलन गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार