मानुषी लघुवित्तको आईपीओ साउन २७ गतेदेखि खुल्ने

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।

आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त अवधिमा आईपीओ बिक्री नभए भदौ ९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० देखि बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने छ । लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी सात करोड रहेको छ । आईपीओ बाँडफाँटपछि पुँजी १० करोड ९३ लाख पुग्नेछ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार