मालिका गाउँपालिकाका अध्यक्ष रोकाद्धारा गोबिन पुनलाई भोट दिन अपिल

बेनी । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गोविन पुन मगरलाई भोट दिन अपिल गर्नुभएको छ ।

नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ’ सिजन-३को भ्वाइस अफ नेपालको भोटिङ राउण्ड (टप १२) मा पुग्न सफल गोविनलाई  गाउँपालिका अध्यक्ष रोका मगरले भोटको अपिल गर्नुभएको हो ।

गोविन म्याग्दीको मालिका गाउँपालिका–४,सिस्नेरी पुर्ख्यौली घर भई हाल रुपन्देहीको सैनमैनामा बस्दैै आउनुभएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुने यो प्रतियोगितामा देशभरबाट करिब ४ हजार जनाले भाग लिनुभएको थियो । ती मध्ये डिजिटल अडिसन, ब्लाइन्ड अडिसन,ब्याटल राउण्ड र नकआउट राउण्डमा छनोट हुंदै गोबिन सहित १२ जना भोटिङ राउण्डमा आइपुग्नुभएको हो ।

‘भ्वाइस अफ नेपालको भोटिङ राउण्ड (टप–१२)मा पुग्न सफल गोबिन पुनलाई भोट दिएर सहयोग गर्न सबैमा अपिल गर्दछु ,’–अध्यक्ष रोका मगरले भन्नुभयो । अध्यक्ष रोका मगरले गोबिनको प्रतिभाका कारण पनि सबैबाट भोट पाउनेमा विश्वास व्यक्त गर्नुभयो । स्वर्गिय बुवा टेकबहादुर पुन (टिका) र आमा दिवा पुनका कान्छा छोरा गोबिन लामो समयदेखि सांगितिक क्षेत्रमै क्रियाशील हुनुहुन्छ ।

गोबिनका आमा दिवा सहित एक दाजु र दुई बहिनी हुनुहुन्छ । दर्शकबाट सबैभन्दा कम भोट पाउने प्रतियोगी हरेक हप्ता बाहिरिंदै जाने छन् र सबैभन्दा धेरै भोट पाउनेले उपाधि जित्ने छन् । यसैगरी ,गोबिनले पुन आफूलाई भोट दिन अपिल गर्नुभएको छ । दर्शकले दिने भोट निर्णायक हुने भन्दै गोविन पुनले दर्शक–श्रोताले भोट दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

पोखरामा पश्चिम म्याग्दी मगर युथ क्लका अध्यक्ष निरज पुनले गोबिन पुनलाई भोटको अपिल गर्नुभएको छ । गोबिनको भोटिङ कोड नम्बर ४ रहेको छ ।भोट गर्न नेपाल टेलिकम र एनसेलबाट एसएमएस मार्फत ०४ टाइप गरेर ३७०००मा पठाउन सकिन्छ भने प्रभु पेको एप डाउनलोड गरेर भोट गर्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार