म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार विहिबार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला जलजला गाउँपालिका घर भइ बेनीमा बस्ने ३जना गरी १२ जना पीसिआर विधिबाट र मंगला गाउँपालिकामा २७ जना , रघुगंगा गाउँपालिकामा ३ जना गरी ३० जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २५१४ जना पुगेको छ। संक्रमित मध्य पीसिआरबाट १६६४ जना र एन्टिजेनबाट ८५० जना पहिचान भएका हुन्। जिल्लामा सक्रिय संक्रमित संख्या १९० जना रहेका छन् । विहिबार ९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार