म्याग्दीमा लकडाउन असार ३१ गतेसम्म थपियो 

बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) आगामी असार ३१ गतेसम्म थपिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षता बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बैठकले आगामी लकडाउन लम्ब्याउने निर्णय गरेको गरेको हो ।जारी लकडाउन बुधबार राती १२ बजे सकिदैछ ।

बैठकले जनस्वास्थ्यको मापदण्ड पालना गरी पसल बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने बाहेक पुरानै मोडेलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सार्वजनिक यातायात सहित भिडभाड हुने क्षेत्रलाई तत्काल खोल्दा कोरोना संक्रमणको जोखिम भएकाले आगामी असार ३१ गतेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

बैठकले खाद्यान्न ,कृषि औजार ,मल ,विउविजन ,स्थानिय उत्पादित तरकारी ,फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,हार्डवयर पसल ,पुस्तक तथा स्टेशनरी पसल,सुनचाँदी पसल ,टेलरिङ,फेन्सी तथा कपडा पसल,इलेक्टेकल,इलेक्ट्रोनिक्स,भाँडापसल ,ग्याँस ,पेट्रोल लगायत सेवाका पसलहरुमा स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पुर्ण पालना गर्नुपर्नेछ ।

यसैगरी जिल्ला स्थित सरकारी कार्यालयले साप्ताहिक रुपमा आलोपालो प्रणालीलाई समेत यथावत राखिएको छ। साप्ताहिक तालिका अनुसार आइतबार धवलागिरी र अन्नपुर्ण गाउँपालिका,सोमबार मालिका गाउँपालिका ,मंगलबार बेनी नरपालिका,बुधबार रघुगंगा गाउँपालिका ,बिहिबार मंगला गाउँपालिका र शुक्रबार बेनी नगरपालिकाले सेवा दिदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार