युवा संगठन नेपालद्वारा सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध

बेनी । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध गरेका छन् । मंगलबारबेनीमा युवा संगठन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् ।

कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत गर्ने सवारीसाधनलाई रोकेर यात्रुसंग भाडादर सोधबुज तथा चर्को भाडा असुली भए नभएको विषयमा जानकारी समेत लिएको युवा संघ नेपाल म्याग्दीका संयोजक नवराज विश्वकर्मा (नविन)ले बताउनुभयो।

संगठनले चर्को भाडाको विरोध गर्दै यातायात ब्यवसायीलाई पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बाहानामा मनपरी भाडा असुली नगर्न समेत सचेत गराइएको बताउनुभयो । संगठनले ट्राफिक प्रहरीलाई समेत गम्भिर रुपमा यातायातको भाडादरको निरिक्षण गर्न आग्रह गरेका थिए ।

संगठनले सवारीसाधनको अनिवार्य भाडादर सार्वजनिक गनुपर्ने, यात्रुसंग सम्य भाषाको प्रयोग गर्न, यात्रुहरुको सेवासुविधा, सवारीसाधनको विमा, यात्रु विमा लगायतको विषयमा सचेत गराईएको संगठनले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार