राष्ट्रपति भण्डारीद्वारा साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते अपराह्न ४ बजेका लागि बोलाउनुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। गत जेठ ७ गते राष्ट्रपति भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

तर सर्वोच्च अदालतले आसार २८ गते प्रतिनिधि सभा पुनःस्थापना गरेर साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार