रुकुम पश्चिमकी मकला खड्काको मृत्यु-प्रकरणमा उनकै भतिजासहित तीन पक्राउ

सुर्खेत । भैंसीलाई घाँस हाल्न गोठमा गएको बेला मृत भेटिएकी रुकुम पश्चिमकी मनकला खड्काको मृत्यु प्रकरणमा उनकै परिवारभित्रका आफन्त पक्राउ परेका छन्। उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

त्रिवेणी गाउँपालिका–४ छहरे गाउँकी २६ वर्षीया युवती मनकला खड्का सोमबार राति मृत भेटिएकी थिइन् । सोमबार बेलुका ६ बजेतिर भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनी रातीसम्म पनि नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकै बारीको कान्लामा मृत भेटिएकी थिइन्।

उनको मृत्यु प्रकरणमा उनका परिवारभित्रका भतिजा नाता पर्ने एक जनासहित तीन जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका तीन जनामध्ये पनि मनकलाको जेठाजुको छोरा (भतिजा) घटनाा संलग्न भएको देखिएको प्रहरीले जनायो। उनको साथबाट मनकलाको गहना र अरू केही सामान पनि बरामद गरिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार