लेखक तथा विश्लेषक संग्रौलालाई एमाले नेता बस्नेतले दिए ‘तह लगाउने’धम्की

काठमाडौं ।नेकपा एमाले नेता महेश बस्नेतले लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिनुभएको छ । आफुलाई बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जाल मार्फत बताउनुभएको छ । शाही शासनमा सेनाको धम्की झेलेको बताउँदै सामाकि सञ्जालमा लेख्नुभएको छ ,‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’

आफुलाई केपी ओलीको आदेश बमोजिम धम्की आएको समेत विश्लेषक संग्रौलाले उल्लेख गर्नुभएको छ । ‘तह लाउने बदनाम गरेर,कुटेर हो कि मारेर होरुयो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर१ ,’उहाँले लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार