लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ सहित ४ जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ सहित ४ जना पक्राउ गरेको छ । उनीहरुलाई भेरीगंगा नगरपालिका – १० तालवारीस्थित सुर्खेत नेपालगन्ज पक्की सडक खण्डबाट पक्राउ गरेको हो ।

केही मानिसहरुले ढुङ्गा जस्तो देखिने खनिज पदार्थ ओसार पसार गरि ल्याई आइरहेका छन् भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार वीरेन्द्रनगर नगरपालिका ३ बस्ने अन्दाजी बर्ष ३८ को धनिराम सुनारले चलाएको भे ४ प ९३३२ नम्बर, १५० सिसिको कालो रंगको पल्सर मोटर साइकलसहित चालक धनिरामलाई पनि पक्राउ गरिएको छ । यस्तै पक्राउ पर्नेमा मोटरसाईकल पछाडी बसी सवार लेकवेशी नगरपालिका – ५ बस्ने अन्दाजी बर्ष २९ को धिरेन्द्र शाही र सोही स्थानमा पैदल हिडिरहेका वीरेन्द्रनगर नगरपालिका –१२ का अन्दाजी बर्ष ५२ को हर्क बहादुर सुनार, र सल्यान बनगाड कुपिण्डे नगरपालिका – ९ बस्ने बर्ष ५५ को भिमसेन भन्ने भिउसने बुढा रहेका छन्।

डिएसपी घर्तीका अनुसार मोटरसाईकल रोकी पैदल हिडेँका र मोटरसाईकलमा भएका उनिहरुलाई चेकजाँच ४ जना मध्येका भिमसेन भन्ने भिउसने बुढाले लगाएको कालो रंगको पाइन्टको अगाडीको दाहिने पकेट (खल्ती) मा सेतो रंगको प्लाष्टिक भित्र कागजमा बेरी राखेको निलो रंगको लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ फेला परेको थियो ।

चारै जनासँगै, १४० ग्राम तौल भएको उक्त पदार्थ, भे ४ प ९३३२ नम्बर, १५० सिसिको कालो रंगको पल्सर मोटर साइकल अहिले प्रहरीको नियन्त्रणमा नै रहेकोछ । उनीहरुलाई आवश्यक कारबाहीको लागी खनिज तथा भूगर्भ कार्यालय वीरेन्द्रनगर पठाईएको घर्तीले जानकारी दिनुभयो । यस्तै, सुर्खेत प्रहरीले चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सुर्खेतकै चौकुने गाउँपालिका –१० का बर्ष ३८ का नविन कुमार बम रहेको डिएसपी घर्तीले जानकारी दिनुभयो ।

चेक अनादर मुद्दामा जिल्ला अदालतको फैसला आदेशले तीन हजार जरिवाना र तीन महिना कैद भुक्तानका लागि उनलाई पक्राउ गरिएको हो । उनलाई वीरेन्द्रनगर –६ बाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार