संविधानविपरीतका प्रवधान नहटाइ एमसिसी पास गर्नु राष्ट्रघाती : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले अहिलेकै अवस्थामा एमसिसी सम्झौता गर्न नहुने बताउनुभएको छ । डा.रावलले सामाजिक सञ्जालमा लेख्दै अहिलेकै अवस्थामा अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने पनि बताउनुभएको छ।

“नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाई एमसिसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने छ । देश उपनिवेशकरण तर्फ धकेलिने छ,” रावलले भन्नुभयो,“यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।” नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार