सिद्धथानदेखि घुम्टे जोड्ने पद मार्ग निर्माण

सुरेश छन्त्याल
गलकोट । बागलुङको गलकोट नगरपालिका– १० पाण्डबखानीको सिद्धथानदेखि जिल्लाकै प्रसिद्ध धार्मिक स्थल घुम्टे जाने बाटो पद मार्गमा जोडिएको छ । प्रधानमन्त्री स्वरोजकार कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाबाट विनोजित आर्थिक वर्ष ०७८र७९ को बजेट ५ लाख ६७ हजार रुपैयाँ रकमबाट ४५५ मिटर सोलिङ र ३५० मिटर सेडी गरि जम्मा ८ सय मिटर पद मार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष गंगबहादुर काउचाले जानकारी दिनुभयो।

त्यस्तै ५० हजारको श्रमदान भएको पद मार्ग निर्माण कार्य असार १५ देखि सुरु भइ असार ३० गते सम्पन्न भएको अध्यक्ष काउचाको भनाई छ । पद मार्ग निर्माण भए संगै घुम्टे लेकमा पुगेर घुम्टेमा रहेको धार्मिक स्थलहरुको दर्शन गर्न पुजा आजा गर्न सहज हुने र विशेषगरी आन्तरिक–बाह्य पर्यटकहरुलाइ सहज हुने सिद्धथान सामुदायिक होम स्टेका अध्यक्ष खिमबहादुर पुनले बताउनुभयो। ‘यस अघि घुम्टे जानलाइ असहज हुनुका साथै धेरै समय खर्चिनु पर्ने बाध्यता थियो । पद मार्ग निर्माण भएसंगै त्यो बाध्यता अन्त्य भएको छ ,’होम स्टेका अध्यक्ष पुनले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार