१३ वर्षिया बालिकाको पोखरीमा डुबेर मृत्यु

गोरखा । रोपाईं सकेर घर फर्कने क्रममा पोखरीमा डुवेर मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–८ मुलावारीका वुधबहादुर नेपालीकी १३ वर्षकी छोरी ऋचा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रोपाइ सकेर घर फर्कदै गर्दा स्थानीय रनबहादुर गुरुङले खेतमा पानी लगाउन बनाएको पोखरीमा हात खुट्टा धुन गएकी उनी चिप्लिएर त्यही पोखरीमा खसेकी थिइन् । अचेत अवस्थामा स्थानीयले उनलाइ उद्धार गरेर धुवाकोट स्वास्थ्य चौकी पुर्‍याएका थिए ।

उपचारको क्रममा चिकित्सकले दिउँसो साढे दुई बजे बालिकालाई मृत घोषणा गरेको डिएसपी प्रकाश दाहालले बताउनुभयो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार