दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डर बने

काठमाडौं । चर्चित अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त हुनुभएको छ ।आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उहाँलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । दयाहाङलाई युरोपियन युनियनले महोत्सवको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुशी लागेको बताएको छ ।

नायक राइले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो । महामारीका कारण चलचित्रका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले चलचित्रकर्मीमा उर्जा संचार गर्ने उनले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठिहरू पनि सञ्चालन हुने छन् ।

 

सम्बन्धित समाचार

thumbnail

तेल अभिभ विश्वमा सबैभन्दा महंगो सहर

एजेन्सी । इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महंगो सहर साबित भएको छ । ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट ९इआइयू०ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महंगो सहर बनेको हो ।…

thumbnail

अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते

एजेन्सी । अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका…

thumbnail

नेयमार दुई महिना मैदान बाहिर रहने

एजेन्सी । ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने हुनुभएको छ । २९ वर्षीय नेयमार आइतबार लिग…