अनुमती पत्रविनानै उपचार गरेको आरोमा तीनजना पक्राउ

काठमाडौं । काठमाडौंको चावहिलमा रहेको हेल्दी स्माइल ओमकार डेन्टल प्रालिका चिकित्सक र संचालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलको अनुमती पत्र बिना उपचारमा संलग्न भारत घर भएका चिकित्सक सौरभ कुमार, डेन्टलका संचालक डा. रावेत रञ्जन कुमार ठाकुर र राधा कृष्ण तामाङलाई नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलको जाहेरीका आधारमा ३१ वर्षीय सौरभ कुमारलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धिरज प्रताप सिंहले बताउनुभयो । ‘सौरभ कुमारले मेडिकल काउन्सिलको प्रमाणपत्र नलिइकन विरामीको उपचार गरेको अनुसन्धानबाट खुलेको छ’ डीआईजी सिंहले भन्नुभयो, ‘ईजाजत पत्र नभएका चिकित्सकलाई सहजीकरण गर्ने संचालक र अर्का चिकित्सकलाई पनि पक्रेर अनुसन्धान गरिरहेका छौं ।’

मेडिकल काउन्सिलले लिने परिक्षा पास गरेपछि मात्र चिकित्कसले विरामीको उपचार गर्न पाउँछन् । तर, सौरभ कुमारले परिक्षामा सहभागी नै नभई सो अस्पतालमा बिरामीहरुको चेकजाँच तथा सर्जरी समेतका उपचारमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरुमाथी ईलाज सम्बन्धी कसूरमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार