जन्मदिनमा गाउँपालिका अध्यक्ष पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

बेनी । जन्मदिनको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले परोपकारी संस्था ओेमकुमारी कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । अध्यक्ष पुनले मंगलबार परेको आफ्नो जन्मदिनको अवसरमा ओमकुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषलाई १३ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

शान्तिकोषका अध्यक्ष राजेश शाक्यले सहयोग प्रति गाउँपालिका अध्यक्ष पुनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सहयोग गरिब विरामीको उपचारमा खर्च गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार