यूएनएफपीएद्वारा ८०० थान अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई ८०० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि डा. हसिना बेगमले सोमबार स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई उक्त परिमाणको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् ।

यूएनएफपीएका अनुसार नेपाललाई हस्तान्तरण गरिएको अक्सिजन सिलिण्डर करिब १ करोड १९ लाख (१ लाख अमेरिकी डलर) मूल्य बराबरको रहेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार