वडा अध्यक्ष रोका मगरको निधन

बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ४ ,का वडा अध्यक्ष ओमबहादुर रोका मगरको निधन भएको छ । अन्दाजी ४२ बर्षिय वडा अध्यक्ष रोका मगरको शनिबार दिउँसो करिब ४ बजेको समयमा निधन भएको हो । विरामी हुनुभएका रोका मगरलाई थप उपचारको लागि बेनी अस्पताल लैजाने क्रममा दिउँसो करिब ४ बजेको समयमा निधन भएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले जानकारी दिनुभयो ।

‘स्वास्थ्यमा समस्या देखिएछि थप उपचारका लागि बेनी अस्पताल लैजाने क्रममा शनिबार दिउँसो निधन भएको भन्ने खबर पाएँ,’ गाउँपालिका अध्यक्ष रोका मगरले भन्नुभयो । रोका मगर स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा बिजयी हुनुभएको थियोे ।

उहाँका श्रीमति र एक छोरा हुनुहुन्छ । उहाँका जेठा छोराको गत बर्ष निधन भएको थियो ।  रोका मगर यसअघि कलेजो र मृर्गौला रोगले लामो समयसम्म विरामी पर्नुभएको थियो ।रोका मगरको शव पोष्ट मार्टमका लागि बेनी अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार