बेगखोलाले बगाएर पैदलयात्रु बेपत्ता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका –१, स्थित बेगखोलाले बगाएर एक जना पैदलयात्रुलाई बेपत्ता बनाएको छ। भगवतिदेखि तिप्ल्याङतर्फ जाँदै गरेका एक वृद्धलाई खोला तर्ने क्रममा बाढीले बगाएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सुचना अधिकारी वीरेन्द्रराज गुरुङले शनिबार अपरान्ह खोलाले बगाएका ती व्यक्तिको परिचय नखुलेको र अझै नभेटिएको बताउनुभयो । उहाँले भारी बोकेर खोला तर्दै गरेका पुरुषलाई खोलाले बगाएर कालीगण्डकीमा मिसाएको प्रत्यक्षदर्शी स्थानीयबासीबाट सूचना आएपछि खोजी गरिरहेकोे बताउनुभयो ।बेगखाेलामा मोटरेबल र झोलुङ्गे पुल पुननिर्माण नहुँदा हरेक बर्खा याममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ति र झञ्जट ब्यहोर्नुपरेको छ।

कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ। पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ। बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ। बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ।

२०७३ भदौ १७ गतेको रातीको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल सहित बेगखोलामा ११ वटा घर बगाएको थियो। बेगखोलामा ७० मिटर लामो सडक पुल निर्माण गर्न सडक विभाग अन्तर्गतको पुल महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसीले बताउनुभयो। उहाँका अनुसार सडक पुल निर्माण नहुँदासम्मका लागि पैदलयात्री र मोटरसाइकल आवतजावतलाई सहज बनाउन गण्डकी प्रदेश सरकार अन्तरगतको पुर्वाधार विकास कार्यालय म्याग्दीले झोलुङ्गे पुल बनाउन ठेक्का प्रस्ताव आव्हान गरेको छ।

सम्बन्धित समाचार

thumbnail

कांग्रेस म्याग्दीको सचिवमा युवा नेता हिराबहादुर पुनको उम्मेद्धारी घोषणा

बेनी । नेपाली कांग्रेस म्याग्दीको सचिव पदका लागि युवा नेता हिराबहादुर पुनले उम्मेद्धारी घोषणा गर्नुभएको छ । २०४७ सालमा नेविसंघबाटै राजनितिक यात्रा सुरु गर्नुभएका पुनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत कांग्रेसको १४…

thumbnail

सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो

काठमाडौँ । ५५ वर्षीया एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट चार जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला बस्ने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले चार जनालाई…

thumbnail

बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको…