अमेरिका विरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौं । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २ सय ३० रनको योगफल तयार गरेको थियो । निर्धारित पूरा ५० ओभर खेलेको अमेरिकाले ९ विकेटको क्षतिमा सय २३० रन जोड्न सफल भएको थियो ।

दोस्रो इनिङमा २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि पहिलो विकेटका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाउनुभएको थियो ।

दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग २७ रनको साझेदारी गर्दै अर्धशतक पूरा गर्नुभएका कुशलले ८४ रनको महत्त्वपूर्ण इनिङ खेल्नुभयो । ओडीआईमा पहिलो अर्धशतक बनाउनुभएका कुशलले ९३ बलमा ३ चौका र ३ छक्कासहित ८४ रनको इनिङ खेल्नुभएको थियो ।

कप्तान ज्ञानेन्द्र १७ रन बनाएर पेभेलियन फर्केँसँगै क्रिजमा उत्रिनुभएका रोहितले ६२ रनको अविजित अर्धशतकीय इनिङ खेल्नुभयो । नेपालका लागि ८७ बलको सामना गरेका कुशलले २ चौका र ३ छक्का प्रहार गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार