आणविक अस्त्र निषेधको माग गर्दै बुटवलमा शान्ति समाजद्धारा प्रदर्शन

बुटवल । मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेधको माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर समाजले मंगलबार बुटवलको राजमार्ग चौराहा चोकमा प्रदर्शन गरेको हो ।

‘आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर’ भन्ने ब्यानर र प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराउन समाजले एक घण्टा प्रदर्शन गरेको शान्ति समाजका रूपन्देही सभापति डीपी खनालले बताउनुभयो । प्रदर्शनपछिको कोणसभामा पत्रकार डा. बालकृष्ण चापागाईं, समाजकी केन्द्रीय सचिव मीना ढकाल लगायतले बोल्दै आणविक अस्त्र निषेधविना विश्वमा दिगो शान्ति स्थापना हुन नसक्ने बताउनुभयो । उनीहरुले सरकारले आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्नुपर्ने बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार