काँग्रेस बेनी नगरपालिकाको सभापतिमा कार्की विजयी

बेनी । नेपाली काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रबिन्द्र ‘रबी ’ कार्की विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा सभापति पदमा कार्की निर्वाचित हुनुभएको छ ।सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो ।

कार्कीले ७६ मत ल्याउनु भयो भने बोगटीले ६८ मत ल्याउनु भएको छ ।मतदान अधिकृत केशवराज रेग्मीका अनुसार नगर कार्यसमितिको उपसभापतिमा हरिप्रसाद पौडेल ७३, गंगाबहादुर खत्रि ७२ सचिवमा ज्ञानेन्द्र श्रेष्ठ ८१, झलक जिसिले ६७ स्यानिमाया कार्कि ८१,शान्ति शर्मा ७५ मत प्रााप्त गरेर विजयी हुनुभएको छ । सभापति कार्कीले सबैसंगको सहकार्यमा पार्टीलाई थप एकताबद्ध , गतिशिल र बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार