काँग्रेस बेनी नगरमा मतदान सुरु (फोटो फिचर )

बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकामा नयाँ नेतृत्व गर्त मतदान सुरु भएको छ । सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु भएको हो । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गगर्नुभएको छ । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि सभापति सहित पदाधिकारीमा मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो ।

यसैगरी बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल र मनकाजी घिमिरे सचिवमा रणबहादुर शाही र ज्ञानेन्द्रकुमार श्रेष्ठ सहसचिवमा शान्ति शर्मा र स्यानीमाया कार्की उम्मेदवार हुनुहुन्छ । कार्की प्यानलका तर्फबाट उपसभापतिमा मनोज कार्की,गंगाबहादुर खत्री,सचिवमा झलक जिसी,संगिता श्रेष्ठ र सहसचिवमा विन्दु खत्री र संगमकुमार विश्वकर्मा हुनुहुन्छ ।सभापतिमा युवा नेता बोगटी र कार्कीको प्यानल प्रतिस्पर्धामा छ । एकसय ७१ जना मतदाता रहेका छन् । दिउँसो ३ बजे सम्म मतदान हुने कार्यक्रम तय गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार