काँग्रेस बेनी नगर अधिवेशन  : आज मतदान हुँदै ,सभापतिमा कसले मार्ला बाजी ?

बेनी । नेपाली काँग्रेस बेनी नगर अधिवेशनमा दुई समुहले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । शनिबार जिसस सभाहलमा भएको अधिवेशनमा सभापतिमा युवा नेता द्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । पदाधिकारीमा सहमति नभएपछि उनीहरु चुनावी मैदानमा उत्रिएका छन् । अन्य सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् ।

सहमतिको प्रयास असफल भएपछि १० असोज गते विहान ८ बजेदेखि मतदान सुरु हुने मतदान अधिकृत केशव प्रसाद रेग्मीले जानकारी दिनुभयो ।अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका निर्वतमान सभापति तथा संविधानसभा सदस्य रेशम बानियाँले पार्टीलाई एकताबद्ध भएर अघि बढाउन नेतृत्व गर्ने नेताहरु गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो ।

सहमति नभएर निर्वाचन प्रक्रियाबाट नेतृत्व चयनमा अनुशासन पुर्वक सम्पन्न गराउन क्षेत्रीय प्रतिनिधि र उम्मेद्वारलाई बानियाँले अनुरोध गर्नुभयो । पुर्व सहसभापति नेत्र महतले पालिकाको नेतृत्वका लागि सहमति सहकार्य र एकता भनेपनि गुटको राजनीतिले पाटीलाई असर गर्ने बताउनुभयो ।

पार्टीमा चर्को गुटबन्दीमा शिर्ष नेताहरु लागेको कारण क्षेत्र क को पालिकामाहरुमा चुनाव हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले क्षेत्र खमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल नेताहरुलाई धन्यवाद दिनुभयो । त्यस्तै उपसभाति माधवप्रसाद रेग्मी , पार्टी सचिव क्याप्टेन मिनबहादुर कार्की , सचिव एवम् बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन लगायतले सर्बसम्मत नेतृत्व चयन नभएपनि स्वच्छ प्रतिस्पर्धामा रहेर नेतृत्व चयन गर्न क्षत्रिय प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

नगर सभापति अनोद श्रेष्ठको अध्यक्षता, उपसभापति यामबहादुर बाँनियाको स्वागत तथा सचिव हरिप्रसाद पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले सहमतिमा नेतृत्व चयन गर्न जोड दिएका थिए । कार्यक्रममा जिल्ला सदस्य मनकुमारी बिश्वकर्मा,सम्मर थापा,कोमलप्रसाद उपाध्याय ,बेनी नगर वडा नम्बर ४ का सभापति सुमन बानियाँ लगायतले बोल्नुभएको थियो ।नगरमा एकसय ७१ जना क्षेत्रीय प्रतिनिधि छन् । दुवै पक्ष विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार