काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा शेरपुजा

म्याग्दी । नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा चयन हुनुभएको छ । शनिबार पालिका केन्द्र मौवाफाँटमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा सहित पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएको काँग्रेसले जनाएको छ । कार्यसमितिको उपसभापतिमा निरज भण्डारी ,केशव छन्त्याल र देउप्रसाद पुन ,सचिवममा सिताकुमारी खड्का सुवेदी ,मोहन तिलिजा र खिमबहादुर फगामी ,सह–सचिवमा भिमहादुर कार्की ,रिति थजाली तथा कोषाध्यक्षमा ओमकुमारी फगामी चयन भएको वडा नम्बर ६ का वडा सभापति भेषकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार