कांग्रेसले सार्वजनिक गर्यो थप पाँच जिल्लाका क्रियाशील सदस्यको सूची

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवादले बिट मार्ने तर्खर गर्दैछ । विवादित जिल्लाको नाम अन्तिम रुप दिँदै सार्वजनिक गर्ने क्रम चलिरहेको छ ।

आइतबार कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । कांग्रेसले बाँके, डोल्पा, सुर्खेत, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । समितिले बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउने काम भइरहेको जनाएको छ ।

क्रियाशील सदस्यको विवाद समाधान नभएका जिल्लाहरुमा वडा तहकै अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यताको सूची प्रकाशित भइसकेका जिल्लामा गाउँ–नगरको अधिवेशन जारी छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार