कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा मतदान सकियो

बेनी । नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापति पदका लागि मतदान सकिएको छ । शनिबार दिउँसो करिब एक बजेदेखि सुरु भएको मतदान साढे तीन बजे सकिएको हो ।  एक सय १७ मत खसेको छ । गाउँपालिकाका सचिव सुजन बरुवालका अनुसार गाउँपालिमा क्षेत्रीय प्रतिनिधि संख्या एक सय २८ जना रहेका छन् ।

मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिले तयारी गरेकोछ । सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा र वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल उम्मेद्धार हुनुहुन्छ । अन्य पदमा भने सहमतिमा टुंग्याइएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँ/नगर अधिवेशन म्याग्दीका सबै पालिकामा सुरु भएको छ ।

एक नगर पालिका र पाँच गाउँपालिका रहेको रहेको म्याग्दीका सबै पालिकामा अधिवेशन सुरु भएको हो । अन्नपुर्ण सहित रघुगंगा ,बेनी नगरपालिकामा निर्वाचन हुने देखिएको छ । अन्य मंगला ,धवलागिरी र मालिका गाउँपालिकामा भने सहमतिमै नेतृत्व चयन गरिएको छ ।राजेश तिलिजाका अनुसार सभापतिमा क्याप्टेन तिलिजा र वरुवाल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तस्बिर : सौजन्य रबी बरुवाल 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार