कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय जिसी विजयी

बेनी । नेपाली कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय झलक जिसी विजयी भएका छन् । सभापतिमा निर्वाचित रबिन्द्र कार्की प्यानलबाट सचिव पदमा उम्मेद्धारी दिनुभएका जिसी विजयी हुनुभएको हो । आइतबार भएको निर्वाचनमा सचिव पदका उम्मेद्धार रणबहादुर शाहीलाई पराजित गरेर जिसी विजयी हुनुभएको हो । विजयी हुनुभएका जिसीले ६७ मत प्राप्त गर्नुभएको छ । अर्को सचिव पदमा ज्ञानेन्द्र कुमार श्रेष्ठ ८१ मत सहित विजयी हुनुभएको छ ।

नेपाल विद्यार्थी संघ म्याग्दीका उपसभापति समेत रहनुभएका जिसी बेनी नगरपालिका वडा नम्बर ६ छापबासी हुनुहुन्छ । विजयी जिसीले सबै मतदातालाई धन्यवाद दिनुभएको छ । उहाँले पार्टी संगठनलाई एकताबद्ध , गतिशिल र सुद्धृढ बनाउन आफुले भुमिका खेल्ने उद्घोष गर्नुभयो ।म्याग्दीमा सम्पन्न कांग्रेस वडा र पालिका अधिवेशनबाट अधिकांश ठाउँमा युवा नेतृत्व चुनिएका छन् ।

सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको छ । कार्कीले ७६ मत प्राप्त गर्नुभएको छ भने बोगटीले ६८ मत ल्याउनुभएको छ । त्यसैगरि उपसभापतिमा हरिप्रसाद पौडेल र गंगाबहादुर खत्री विजयी हुनुभएको छ । पौडेलले ७३ र खत्रीले ७२ मत प्राप्त गर्नुभएको छ ।त्यसेगरि सह–सचिब पदमा स्यानिमाया कार्की ८१ र शान्ति शर्माले ७५ मत प्रााप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत निरञ्जनराज भण्डारीले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार