कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन

बेनी ।नेपाली कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन सर्बसम्मत चयन हुनुभएको छ । शनिबार गाउँपालिकाको वडा नम्बर ६ स्तित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट निवर्तमान सभापति समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत दिवाकर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमितिको उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन ,सचिवमा तारा रोका र बिरेन्द्र किसान , सह–सचिव श्यामबहादुर बुढाथोकी ,सह–सचिवमा अमृत सापकोटा  रहनुभएकाे छ ।

सदस्यहरुमा मनकुमारी बिक, यमुरा रोका, देबी नगरकोटी, अमृता शर्मा, इन्द्रमती फगामी, दुर्गा रोका, सुजता जुग्जाली, देबीप्रसाद आचार्य, ज्ञानबहादुर सिउथानी, दिलबहादुर नगरकोटी, थामबहादुर बिक, नरबहादुर पुन, चन्द्रबहादुर कामी, गर्भे गुरुङ्ग, सुमन बुढाथोकी, छमबहादुर फगामी,, बुद्धीप्रसाद फगामी, नरमन रोकामगर, गंगा पुर्जा, सुरेन्द्र जुग्जाली, झलक गर्बुजा, सोमनाथथ आचार्य, लालमाया पाइजा, चन्द्रा घर्ति, यामुना रोका, मनरुपा पुन मगर फगामी, तुलबहादुर पुन, शेरबहादुर घर्ति, भलाराम जुग्जाली, चमबहादुर पुन, मोमबहादुर बुढा, लालकुमारी रसाइली, पार्वति कामी, यामबहादुर दर्जी, कुलमान पटेल, नेपसरा बिक, गंगाबहादुर बिक र गंगानारायण तुलाचन रहनुभएको छ ।

 

सभापतिमा सर्बसम्मत बनाउन सहयोग गर्ने वडातहदेखिका नेता तथा क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । युवा माझ लोकप्रिय नेता पुनले पार्टीलाई थप बालिया र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँ म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई समिति सदस्य लगायत विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । खेलकुद क्षेत्र संगै सामाजिक सेवामा सक्रिय पश्चिम म्याग्दी युथ क्लका अध्यक्ष समेत रहनुभएका पुन नेविसंघबाट राजनितिक यात्रा सुरु गर्नुभएको हो ।

अधिवेशनको उद्घाटन कांग्रेस जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभएको थियो । सभापति गर्बुजाले पार्टीलाई थप सुद्धृढ र बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । सहमतिमा नेतृत्व टुंग्याउन सबै पालिकालाई जिम्मेवारी दिइएको भएपनि केही पालिकामा निर्वाचन भएको उहाँले बताउनुभयो । उहाँले लोकतान्त्रिक प्रक्रिया भएकोले निर्वाचन भएपनि स्वभाविक रुपमा लिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा महासमिति सदस्य चिरञ्जिवि शर्मा  ,जिल्ला सदस्य खिम पुर्जा,   मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर ,कार्यक्रममा कांग्रेस प्रदेश सभा ‘ख’ का उपसभापति मेक बहादुर पुन , सचिव हिराबहादुर पुन,नेता मोहन छन्त्याल लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार