कांग्रेस म्याग्दीको सचिवमा युवा नेता हिराबहादुर पुनको उम्मेद्धारी घोषणा

बेनी । नेपाली कांग्रेस म्याग्दीको सचिव पदका लागि युवा नेता हिराबहादुर पुनले उम्मेद्धारी घोषणा गर्नुभएको छ । २०४७ सालमा नेविसंघबाटै राजनितिक यात्रा सुरु गर्नुभएका पुनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सातौ जिल्ला अधिवेशनमा जिल्ला कार्य समिती सचिव पदका लागि उम्मेद्धवारी घोषणा गर्नुभएको हो। उहाँले जिल्ला सभापति पदका उम्मेद्धार तथा वर्तमान पार्टी जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्यानलबाट सचिव पदमा उम्मेद्धारी घोषणा गर्नुभएको हो ।

लामो समयदेखि राजनितिमा सक्रिय पुन नेपाल तरुणदल म्याग्दीको कोषाध्यक्ष र नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको अध्यक्ष समेत हुनुहुन्छ । पार्टीलाई एकताबद्ध र सुद्धृढ बनाउन आफुले सचिव पदमा उम्मेद्धारी घोषणा गरेको उहाँले बताउनुभयो । जिल्लामा पटक–पटक हार व्यहोरेको पार्टीलाई जिताउन वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिले आगामी जिल्ला अधिवेशनमा संक्षम र भिजन भएका नेतृत्व चयन गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्टी भित्रको गुट–उपगुट समाप्त गर्नुपर्नेमा जोड दिनुभयो ।सामाजिक काममा समेत सक्रिय नेता पुन युवा माझ लोकप्रिय हुनुहुन्छ । जिल्लाको बेनी नगरपालिका–८ ,निवासी नेता पुन वडा सदस्य समेत हुनुहुन्छ । कांग्रेस म्याग्दीको विपद उपसमितिको कोषाध्यक्ष समेत रहनुभएका पुनले जिल्लामा विपदको समयमा उद्धार तथा राहत वितरणमा व्यक्तीगत रुपमा समेत सक्रिय हुँदै आउनुभएको छ ।

नेता पुनलाई सभापति गर्बुजा सहित संस्थापन पक्षका उपसभापति माधवप्रसाद रेग्मी ,सचिव क्याप्टेन मिनबहादुर कार्की र हरीकुमार श्रेष्ठ ,महासमिति सदस्य चिरञ्जिवी शर्मा ,सह–सचिव भरत रकाल ,महासमिति सदस्य तथा महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन र महाधिवेशन प्रतिनिधि तथा तरुणदल अध्यक्ष मुकुन छन्त्याल लगायत जिल्लाका अग्रज नेताहरुको समेत समर्थन रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार