गाडीको ठक्करबाट चितुवाको मृत्‍यु

चितवन । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो ।

आफूहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याइ व्यवस्थापन गरिएको बताउनुभयो। माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उहाँले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार