जिल्ला बास्केटबल संघ म्याग्दीको अध्यक्षमा पुर्जा

म्याग्दी । जिल्ला बास्केटबल संघ म्याग्दीको समिति गठन गरिएको छ । जिल्लामा हुने बास्केटबल खेललाई व्यबस्थित र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले विहिबार एक कार्यक्रमका विच एकिन पुर्जाको अध्यक्षमा बास्केटबल संघ गठन गरिएको हो।

समितिको उपाध्यक्षमा शुशिल भण्डारी, राजेन्द्र गुरुङ्ग, सचिबमा गोपाल पुन, कोषाध्यक्षमा सोनीया पुन, र सहसचिबमा नबिन पुन चयन भएका छन् । त्यस्तै सदस्यमा युमन पुन,मन बहादुर रोका, अनिष गौचन, रमेश भट्टचन, सुमन पुन रहनुभएकाे छ। भेलाले समितिको सल्लाकारमा बिसन राना, प्रबिण शाही र छक प्रसाद राम्जालीलाई चयन गरेको छ ।बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ्गले जिल्ला स्तरमा राम्रा खेलाडीहरु भएपनि अवसर नपाउदा बाहिर देखिन नसकेको बताउदै खेल क्षेत्रमा स्थानीय तहले पनि चासो दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीको अध्यक्षता सदस्य कुमार किसानको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बिसन रानाले स्वागत गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार