डा.भक्तमान श्रेष्ठ अपहरणमा मुद्दाका दोषी पक्राउ

काठमाडौं । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो ।

पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेका नुवाकोटको साविकको चारघरे ३ मुलाबारी स्थायी घर भएका राजेन्द्र पण्डितलाई सीआईबीको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो । लामो समय भारतमा लुकिछिपी बस्दै आएका पण्डित नेपाल आएको थाहा पाएपछि प्रहरीले खोजीलाई तीब्रता दिएको थियो ।

सोही क्रममा नुवाकोटस्थित घरमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका लागि पण्डितलाई बुधबार नै अदालतमा पेस गरिने सीआईबीका डिआइजी धिरजप्रताप सिंहले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार