थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि ,२१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय १६ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ६ सय ६० जना निको भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ७ लाख ३६ हजार ६ सय ६६ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ५७ छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय २४ पुगेको छ । भेन्टिलेटरमा १४५ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४५८ उपचाररत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार