थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि ,१४ को मृत्यु 

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १८४५ जना निको भएका छन्। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ ।

भेन्टिलेटरमा १३९ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४४५ उपचाररत छन्।यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४३३ जना संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ जना कोरोना संक्रमित फेला परेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार