थप १२८२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार २ सय ६२ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ६२ हजार ४ सय १६ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ४८ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार