थप १३३० जनामा कोरोना संक्रमण, ५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय २२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ८ सय ३० जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ५४ हजार संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ । भेन्टिलेटरमा १०७ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ३३५ उपचाररत छन्। त्यसैगरी २० हजार १ सय ६४ जना संक्रमित होम आइसोलेशनमा , १ हजार ३ सय ६० संक्रमित संस्थागत आइसोलेशन र २ सय ५० जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार