थप १४७८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ६ सय ३० जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ५५ हजार ६ सय ३० संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार १ सय ३९ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ । भेन्टिलेटरमा ११९ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ३३४ उपचाररत छन्। त्यसैगरी १९ हजार ८ सय ५ जना संक्रमित होम आइसोलेशनमा , १ हजार ३ सय ३४ संक्रमित संस्थागत आइसोलेशन र २ सय ४३ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार