थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि ,१६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५ सय ३९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार २ सय ६० जना निको भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ७ लाख ४० हजार ७ सय १७ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ । भेन्टिलेटरमा १३४ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४७५ उपचाररत छन्। त्यसैगरी २४ हजार ९ सय ५८ जना संक्रमित होम आइसोलेशनमा , १ हजार ६ सय ७२ संक्रमित संस्थागत आइसोलेशन र २ सय ६२ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार