थप ७३४ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय १३ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ४९ हजार २ सय १३ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २४ हजार ३ सय १३ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ । भेन्टिलेटरमा ११७ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ३९० उपचाररत छन्। त्यसैगरी २२ हजार ८ सय ६४ जना संक्रमित होम आइसोलेशनमा , १ हजार ४ सय ४९ संक्रमित संस्थागत आइसोलेशन र २ सय ४८ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार