थप ९५३ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३ सय ७१ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ५९ हजार ८ सय ७५ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ । भेन्टिलेटरमा १०९ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ३६३ उपचाररत छन् । त्यसैगरी १८ हजार ३ सय ४० जना संक्रमित होम आइसोलेशनमा , १ हजार ३ सय ६० संक्रमित संस्थागत आइसोलेशन र २ सय ३७ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार