थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि ,१२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ४० नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३ सय ६८ जना निको भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ७ लाख ३८ हजार ३४ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ५५ छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ३६ पुगेको छ । भेन्टिलेटरमा १२२ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४५६ उपचाररत छन्। त्यसैगरी २५ हजार ७ सय ८ जना संक्रमित होम आइसोलेशनमा , १ हजार ६ सय ४७ संक्रमित संस्थागत आइसोलेशन र ३ सय १७ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार