देशभर थपिए १५६२ कोरोना संक्रमित , १५८९ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४ सय ४३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ५ सय ८९ जना निको भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ७ लाख ४२ हजार ३ सय ६ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ । भेन्टिलेटरमा १३७ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४५३ उपचाररत छन्। त्यसैगरी २४ हजार ६ सय ९० जना संक्रमित होम आइसोलेशनमा , १ हजार ५ सय १२ संक्रमित संस्थागत आइसोलेशन र २ सय ६२ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार