देशभर थपिए १७६० कोरोना संक्रमित , ७ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ४४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ९१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय २० जना निको भएका छन् । योसंगै हालसम्म ७ लाख ४३ हजार ५ सय २६ संक्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार