नेपाली राष्ट्रिय क्रिकेट टिम काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ खेल्न ओमान गएको टोली आज फर्किएको हो । ७ खेलाडीसहित २० जनाको टोली आज बिहान करिब साढे ७ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो ।

खेलाडीहरु स्वदेश फर्किए पनि प्रशिक्षक डेभ वाटमोर र ट्रेनर भने ओमानबाटै भारत गएका छन् । ओमानमा रहँदा नेपाली टोलीले अमेरिका र आयोजक ओमानसँग दुई/दुई खेल खेलेको थियो । नेपालले दुवै टोलीसँग एक/एक खेल जितेको थियो भने एक/एक खेल हारेको थियो। लिग–२ मा नेपाल ८ अंक जोड्दै अंकतालिकाको लचौथो स्थानमा छ।

८ खेलबाट नेपालले ४ जित र ४ हारको नतिजासहित ८ अंक जोडेको हो । नामिबिया समान ८ अंक भए पनि नेपाल रनरेटमा अघि रहेको छ ।ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ । लिग–२ मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग–२ मा ७ सिरिज खेल्न बाँकी छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार