पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एक साता पछि सुचारु

पर्वत । पहिरोका कारण अवरुद्ध मध्य पहाडी लोकमार्ग एक साता पछि सुचारु भएको छ । पहिरो कारण विगत १ साता देखि सडक अवरुद्ध भएको थियो । चुवा र भ्याप्लेमा गएको पहिरोका कारण अवरुद्ध भएको सडक विहिवार साँझ देखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक अवरुद्ध हुँदा अलपत्र परेका सवारी साधनहरु विहिवार देखि सञ्चालनमा आएका छन् । सडक एक तर्फी खुलेको प्रहरीले जनाएको छ । भ्याले खण्डको ठूलो पहिरो बम विस्फोट गरी खुलाइएपछि सडक एकतर्फी रुपमा खुल्ला भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार