प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुँदै, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ। तुलसी न्यौपाने, हिरा थापा, उत्तमकुमार बस्नेत, यशोधा अधिकारी, विमल कार्कीलगायतका सांसदहरूलाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको।

नयाँ बन्ने मन्त्रीहरूलाई आजै ५ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सपथग्रहण गराउने कार्यक्रम रहेको छ। प्रदेश सरकारले भने हालसम्म कोको मन्त्री बन्ने र कुन कुन मन्त्रालय सम्हाल्ने भन्ने सार्वजनिक गरेको छैन। हाल प्रदेश १ मा मुख्यमन्त्रीसहित ३ जनाको मन्त्रिपरिषद् रहेको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार